जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आईसीसी क्रिकेट विश्वकप लिग २

पावरप्लेमा नेपालले जोड्यो ६६ रन, अनिल र देव शून्यमै आउट

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल आज (बुधवार) नामाबियाको सामना गरिरहेको छ ।

टियु मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो पावरप्ले सकिँदा ३ विकेट गुमाएर ६६ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १६ बलमा १८ रन बनाएर आउट भए । उनले ३ चौका प्रहार गरे ।

तेस्रो र चौथो नम्बरमा ब्याटिङ गर्न आएका अनिल शाह र देव खनालले खाता खोल्न सकेनन् ।

नामिबियाका बलर बेनार्ड स्कोल्जले एकै ओभरमा दुई विकेट लिए । अर्को ओभरमा ज्याक बर्सेलले देव खनाललाई विकेट किपरले क्याच आउट गराए ।

यतिबेला आशिफ शेख ३२ बलमा ३४ रन बनाएर खेलिरहेका छन् भने कुशल मल्ल ५ बलमा १२ रनका साथ क्रिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?