जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नामिबियाविरुद्ध नेपालको खराब शुरुवात

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले खराब शुरुवात गरेको छ । टीयू मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आठौँ ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाइसकेको छ ।

खेलको सातौँ ओभरमा नामिबियाका बर्नार्ड शोल्जले दुई विकेट लिए । ओभरको दोस्रो बलमा कुशल भुर्तेललाई एलबीडब्लू आउट पारेका उनले चौथो बलमा अनिल साहलाई कप्तान जेरार्ड एरास्मसबाट क्याच आउट गराए । भुर्तेलले १६ बलमा १८ रन बनाए भने साह शून्य रनमा आउट भए ।

त्यसैगरी, खेलको ७ ओभर ६ बलमा नेपालका देव खनाल पनि ज्याक ब्रासेलको बलमा कट बिहाइन्ड भए । उनले रनको खाता खोल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?