जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपालको नवौँ विकेट पतन

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाको सामना गरिरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गरिरहेको हो । खेलमा नेपालले १६१ रन बनाउँदा नवौँ विकेट गुमाएको छ ।

खेलको ३४ औँ ओभरमा नामिबियाका जान निकोल लोफ्टी इटनले दुई विकेट लिएसँगै नेपाललाई धक्का लागेको हो ।

ओभरको दोस्रो बलमा १८ बलमा ६ रन बनाएका दीपेन्द्रसिंह ऐरी आउट भए भने पाचौँ बलमा ४ रन बनाएका सोमपाल कामी आउट भए । त्यसैगरी, ३५ औँ ओभरको अन्तिम बलमा भीम सार्की पनि ३६ बलमा २६ रन बनाउँदै आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?