जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दुई दिने ‘बुढानीलकण्ठ साहित्यिक-सांस्कृतिक महोत्सव २०८०’ हुँदै

काठमाडाैँ- बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुई दिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने भएको छ ।

नगरपालिकाको सभाहलमा हालै आयोजित कार्यक्रममार्फत नगरका उपप्रमुख अनिता लामाद्वारा महोत्सवबारे जानकारी दिइन् । पहिलो दिन फाल्गुन ११ गतेको कार्यक्रम बुढानीलकण्ठ नगरपालिका १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुनेछ।

महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ।

विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै अन्तरक्रियात्मक कार्यक्रमहरु महोत्सवमा समेटिएका छन्।

सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?