जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नामिबियाको पाचौँ विकेट पतन

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले नामिबियाको सामना गरिरहेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले अहिले नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।

खेलमा १०३ रन बनाउँदा नामिबियाले पाचौँ विकेट गुमाएको छ । २१ ओभर ६ बलमा नेपालका कुशल भुर्तेलले नामिबियाका जेरार्ड एरास्मसलाई आउट गरे । आउट हुनुअघि उनले ५६ बलमा ५२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी, कुशल मल्लले ३६ रन जोडे । नामिबियाका जान निकोल लफ्टी इटन र बर्नाड शोल्जले समान ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?