जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल फेरि नामिबियासँग पराजित

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पराजित भएको छ । सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । नामिबियाका लागि कप्तान जेरार्ड एरास्मसले सर्वाधिक ५२ रन बनाए । नेपालका कुशल भुर्तेलले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६८ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी, कुशल मल्लले ३६ रन जोडे । नामिबियाका जान निकोल लफ्टी इटन र बर्नाड शोल्जले समान ४ विकेट लिए ।

सिरिजको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?