जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म ‘डन ३’ मा प्रियंकाको स्थान कियारा लिने

काठमाडौं – फरहान अख्तरले ‘डन ३’ घोषणा गरेदेखि नै यो फिल्म निकै चर्चामा छ । फिल्ममा एकातिर रणवीर सिंहलाई मुख्य कलाकारको रुपमा लिइएको थियो भने अर्कोतिर फिल्ममा को–को अभिनेत्री देखिने भन्ने चर्चा सुरु भएको छ ।

‘डन ३’ को लागि रिपोर्टमा कियारा आडवाणीको नाम उल्लेख गरिएको छ । स्रोतलाई उद्धृत गर्दै फरहानलाई कियारा यसका लागि फिट छ भन्ने लाग्छ । कियारा पनि यो फिल्मको हिस्सा बन्न निकै उत्साहित छिन् । फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

अभिनेत्री कियारा आडवाणीलाई ट्याग गर्दै उनले क्याप्सन लेखेका छन्, ‘डन युनिभर्समा स्वागत छ कियारा आडवाणी ।’ ‘डन’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘डन ३’ मा शाहरुख खानको स्थानमा रणवीर सिंह डनको भूमिकामा देखिनेछन् । निर्माताले फिल्ममा प्रियंका चोपडाको सट्टा रणवीरको अपोजिटमा कियारा आडवाणीलाई कास्ट गर्ने निर्णय गरेका हुन्

डनमा शाहरुखको स्थानमा रणवीरले मुख्य कलाकारको भूमिका निर्वाह गरेपनि अब यस रिपोर्टका अनुसार कियाराले प्रियंकाको स्थान लिन सक्ने छिन् । प्रियंका डनको अघिल्लो दुवै भागमा देखिएकी थिइन् । उनले मोनाको भूमिका निभाएकी छिन् । उक्त क्यारेक्टरमा उनलाई मानिसहरुले निकै मन पराएका थिए ।

तर, कियाराले ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’, ‘कबीर सिंह’ र ‘भूल भुलैया’ जस्ता धेरै उत्कृष्ट फिल्मबाट मानिसको मनमा ठाउँ बनाएकी छिन् । उनी अन्तिम पटक २०२३ जुनमा रिलिज भएको फिल्म ‘सत्यप्रेम की कथा’ मा देखिएकी थिइन् । त्यो फिल्मले खास केही गर्न सकेन र बक्स अफिसमा औसत थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?