जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिडफिल्डर सारले सन् २०३० सम्म टोटेनहमबाटै खेल्ने

काठमाडौं । इंग्लिस फुटबल क्लब टोटेनहमका मिडफिल्डर पापे माटर सारले सन् २०३० सम्म टोटेनहमबाटै खेल्ने भएका छन् ।

सेनेगलका २१ वर्षीय डिफेन्डर सारले टोटेनहमसँग साढे ६ वर्षका लागि नयाँ सम्झौता गरेसँगै उनी सन् २०३० सम्म टोटेनहममै रहने भएका हुन् । उनले जारी सिजनको इंग्लिस प्रिमियर लिगमा टोटेनहमका लागि १८ खेल खेलेका छन् ।

सार यसै महिनामा सुरु हुने अफ्रिका कप अफ नेसन्सका लागि सेनेगलको टिममा समेटिएका छन् । तर गत आइतबार टोटेनहमले बर्नमाउथमाथि ३-१ गोलको जित हात पार्दा सार घाइते भएका थिए ।

जसका कारण उनले आइभरी कोस्टमा जनवरी १५ बाट सुरु हुने अफ्रिका कप अफ नेसन्स गुमाउने सम्भावना रहेको बताइएको छ । सेनेगलले पहिलो खेल गाम्बियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?