जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्यानडाविरुद्ध नेपाल ‘ए’ ब्याटिङमा

काठमाडौँ – क्यानडा–११ विरुद्धको एकदिवसीय सिरिजको निर्णायक खेलमा नेपाल ‘ए’ टिमले टस हारेर ब्याटिङको निम्तो पाएको छ । नेपाल र क्यानडाबीचको खेल मूलपानी क्रिकेट ग्राउन्डमा भइरहेको छ ।  

नेपाल ‘ए’ को कप्तानी आज पनि सन्दीप जोराले नै गर्दैछन् भने प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरिएको छ ।

नेपालले आज मयन यादव, विवेकुमार यादव, रिजन ढकाल र किरण ठगुन्नालाई विश्राम दिएर आशुतोष घिरैया, सुजन थपलिया, प्रतिश जिसी र हेमन्त धामीलाई मौका दिएको हो । 

जोराकै नेतृत्वमा सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडालाई दुई विकेटले हराएको थियो । पहिलो खेलमा भने नेपाल ‘ए’ चार विकेटले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?