गायक निमा पाख्रिनको हिमाली सेलो गीत ‘गोसाइकुण्ड महादेव थान’ सार्वजनिक

काठमाडौँ– गायक निमा पाख्रिन लामाको हिमाली सेलो गीत ‘गोसाइकुण्ड महादेव थान’ सार्वजनिक भएको छ। विगत एक दशकदेखि संगीत क्षेत्रमा आवद्ध निमाले यसै साता उनकाे युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

निमालाई स्वरमा साथ ल्हामु शेर्पाले दिएकी छिन् । गीतमा आश्मान लोप्चनको शब्द तथा अमृत लामाको संगीत समावेश छ । गीतको एरेन्ज भने जोगलाल लामाले गरेका छन् ।

उनले यसअघि ‘मेरो सम्झनामा तिमी’, ‘आउ–आउ कान्छि’, ‘तुम्बाको तातोपानी’, ‘माथि–माथि’, ‘हिमाली खर्क’, ‘माया तिमीलाई नै’, ‘टुङ्ना र डम्फू’ लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?