जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

लोभ, भय, आलस्य, क्रोध र हतार छोडे जीवन

यदि तपाईं सुख, शान्ति र जिवन सफल बनाउन चाहनुहुन्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा सकारात्मक सोच हो। यदि तपाईको सोच सकारात्मक छ भने कठिन समयमा पनि तपाईको मन विचलित हुनेछैन।

नकारात्मक सोचका कारण साधारण काम पनि गाह्रो हुन्छ। त्यसैले परिस्थिति जस्तोसुकै होस्, हामीले धैर्य राखेर प्रयास गरिरहनुपर्छ, तब मात्र जीवनमा परिवर्तन आउँछ। अनि जिवन सफल हुन्छ ।

मानव भएर जन्मिसकेपछि असल मानव बन्ने प्रयत्न गरौँ। एउटा आदर्शवान र रोल मोडल बन्ने प्रयास गरौँ । कसैप्रति ईर्ष्या र डाह नराखौँ । अरुलाई गलत नजरले नहेरौँ । जीवनमा सफल व्यक्ति बन्ने प्रयास गरौँ । असफलताबाट कहिल्यै नडराऔँ ।

कुनै पनि सफल व्यक्तिहरु एकपटक असफल नै थिए । त्यही असफलताबाट पाठ सिक्दै पछि सफल भएका हुन् । त्यसैले हामीले असफलताबाट कहिल्यै नडराउ । त्यसबाट पाठ सिक्दै यात्रालाई झन मजबुत बनाउँदै अगाडि बढौँ ।

समाजमा विभिन्न थरीका व्यक्तिहरु हुन्छन् । उनीहरुका कुरा सुनेर आफ्नो यात्रालाई कहिल्यै नडगमगाउँ । सकारात्मक सोच भएका व्यक्तिहरुले तपाईको असल कामको जहिले नि प्रशंसा गर्छन् र तपाईलाई अझ अगाडी बढ्न उत्प्रेरणा प्रदान गर्दछन्, तर नकारात्मक सोच भएकाहरु तपाई अगाडि बढेको राम्रो मान्दैनन् ।

तपाईका राम्रै काममा पनि खोट खोजिरहेका हुन्छन् । तपाईका राम्रै कामको पनि आलोचना गर्न खोज्छन । तीनीहरु आफै पनि असफल हुन्छन र अरुलाई पनि असफल नै भएको हेर्न चाहन्छन् । तसर्थ जीवनलाई योजनाबद्ध रुपमा अगाडि बढाऔँ । निश्चित लक्ष्य निर्धारण गरौ । सधै सकारात्मक सौचौँ । आफ्नो लक्ष्यमा निरन्तर रुपमा लगनशील भएर अगाडि बढौँ ।

तपाईले जिवनमा साच्चै नै सुख र शान्तिसहित जिवनलाई सफल बनाउनका लागी पाँच कुरा छोड्नु पर्ने हुन्छ । ति पाँच कुरा हुन् लोभ, भय, आलस्य, क्रोध र हतारलाई सकेसम्म चाँडो त्याग्नुहोस्। जसका कारण मन अशान्त रहन्छ र सही समयमा सही र गलतको निर्णय गर्न सक्दैनौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?