जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शिल्पीमा शुक्रवारदेखि नाटक ‘झोडा’ मञ्चन हुँदै

काठमाडौँ– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘झोडा’ मञ्चन हुने भएको छ ।

गणेश रसिकको उपन्यास ‘आकागंगाको ओतमुनि’ मा आधारित रहेर तयार गरिएको नाटक शुक्रवारदेखि मञ्चनमा आउन लागेको हो । रसिकको कथालाई नाट्य रुपान्तरण भने सुमन लिङ्देनले गरेका छन् ।

चेतन आङ्थुपोको परिकल्पना तथा निर्देशन रहेको नाटकमा तराईको भू – फैलावटको बनझड ‘झोडा’ आवाद र त्यसको राजनैतिक स्वामित्व प्राप्तिको संघर्षलाई प्रस्तुत गरिएको छ ।
पञ्चायतकालीन समय २०२० देखि २०३४ सम्मको भूमिपुत्रहरुले गरेको संघर्ष नाटकमा समेटिएको नाटक समूहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?