जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फागुन २७ गते मेनुकाको लाइभ कन्सर्ट नेपालगञ्जमा हुने

काठमाडौं – गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट आगामी फागुन २७ गते नेपालगञ्जमा हुने भएको छ । ईन्डियन आइडलबाट चर्चा र प्रसंशा बटुलेकी मेनुकाले नेपालगञ्जमा हुने विशेष कार्यक्रममा लाइभ कन्सर्ट गर्न लागेकी हुन् ।

अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको छ ।

आयोजक संस्था अन्तरालका प्रमुख जयनारायण शाहका अनुसार नेपालगञ्जमा हुने विशेष कार्यक्रम लाई ‘लेट्स सिङ विथ मेनुका नाम दिइएको छ । बाद्यवादन टिम सहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?