जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एलोभेरा लगाउँदा नगर्नुहोस् यी गल्ती, नत्र हानि हुन सक्छ

काठमाडौं – तपाईं हामीले प्रयोग गर्ने विभिन्न प्रकारका सौन्दर्य प्रशाधनका सामग्रीहरुमा एलोभेराको प्रयोग भएको हुन्छ । एलोभेरालाई हाम्रो गाँउघर तिर घ्युकुमारी नामले पनि चिनिन्छ ।

आजभोली सौन्दर्य निखार्नको लागि बजारमा पाइने विभिन्न किसिमका हर्बल कस्मेटिक प्रोडक्टको रुपमा बजारमा एलोभेरा प्रयोग भएको जेल, बडि लोसन, हेयर जेल, स्किन जेल, स्याम्पु, साबुन, फेसियल फोम र ब्युटि क्रिममा पाइन्छ ।

एलोभेरा छालाको हेरचाहको लागि प्रयोग गरिन्छ। यसमा पाइने एन्टी ब्याक्टेरियल गुणले अनुहारको पिम्पल कम गर्न र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

एलोभेरालाई सीधै अनुहारमा रगड्नु हुँदैन। बरु, चक्कुको मद्दतले यसको माथिल्लो भाग काटेर अलग गर्नुपर्छ । काटेको एलोभरालाई जेल निकालेर बक्समा राखेर प्रयोग गर्न सकिन्छ । यसलाई बोटबाट सिधै निकालेर प्रयोग गर्दा यसको साना काँडाले अनुहार गोच्न सक्छ ।

यद्यपि एलोभेरा छालाको लागि फाइदाजनक छ। तर यसको प्रयोग गर्दा आफ्नो छालाको प्रकारलाई ध्यानमा राख्नुपर्छ । यदि तपाईको छाला सुख्खा छ भने तपाईले त्यसमा केही थोपा नरिवलको तेल मिसाउन सक्नुहुन्छ वा कुनै पनि आवश्यक तेलको केही थोपा मिसाएर लगाउन सक्नुहुन्छ।

एलोभेराको बोटबाट स्टीम निकाल्दा त्यसबाट पहेँलो जेल पनि निस्कन्छ। तर तपाईले त्यो जेल प्रयोग गर्नु हुन्न। यसले छालामा क्षति पुर्याउन सक्छ । साथै, एलोभेराबाट जेल निकाल्नु अघि, यसलाई पानीले धुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?