जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टेस्ट क्रिकेट : दक्षिण अफ्रीकाविरुद्ध भारत १५३ रनमा अलआउट

काठमाडौं । दक्षिण अफ्रिका र भारतबीचको दोस्रो टेस्टमा पहिलो दिन २० विकेट झरेको छ । टेस्टको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिका ५५ रनमा अल आउट भएको थियो भने भारत पहिलो इनिंगमा १५३ रन बनाएर अलआउट भएको छ । भारतले ३४.५ ओभरमा अल आउट हुदै १५३ रन बनाएको थियो ।

भारतले आफ्ना ७ ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन भने पछिल्ला ५ ब्याट्सम्यानले लगातार कुनै रन नबनाएर आउट भएका थिए । भारतका रविन्द्र जेडेजा, जसप्रित बुमराह, मोहमद सिराज, प्रसिद कृष्ण र मुकेश कुमारले कुनै रन बनाउन सकेनन । त्यसअघि श्रेयस अय्यर र यशस्वी जैसवाल पनि शुन्यमा आउट भएका थिए ।

भारतका विराट कोहलीले सर्बाधिक ४६ रन बनाए भने कप्तान रोहित शर्माले ३९ र शुभमन गिलले ३६ तथा केएल राहुलले ८ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर कागिसो रबाडा, लुंगी इंगिडी र नान्द्रे बर्गरले ३-३ विकेट लिएका थिए ।

योसंगै भारतले पहिलो इनिंगमा ९८ रनको अग्रता लिएको छ । अब दक्षिण अफ्रीकाले आजै आफ्नो दोस्रो इनिंग शुरु गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?