जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

व्हाट्सएप आइडीमार्फत रकम माग्नेसँग सतर्क हुन साइबर व्यूरोको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले व्हाट्सएपमार्फत चिठ्ठा परेको भन्दै कर भुक्तानीका लागि रकम माग गरेमा वा गिफ्ट पठाई दिने भनेमा रकम नदिन आग्रह गरेको छ।

प्रहरीको साइबर व्यूरोले सार्वजनिक सूचना प्रकाशित गर्दै सामाजिक सञ्जाल व्हाट्सएपमा पछिल्लो समय विदेशी फोन नम्बर प्रयोग भइ खोलिएका व्हाट्सएप आइडीमार्फत आर्थिक लाभ लिने उदेश्यले मानिस अपहरण गर्ने, धम्की दिने, थकाउर्ने तथा फिरौती माग्ने जस्ता क्रियाकलाप भइरहेकोले यस बाट साइबर व्यूरोले आग्रह गरेको छ ।

बिहीबार साइबर व्यूरोले एक सुचना निकालेर गैरकानुनी रुपमा मोबाइलमा विदेशी नम्बरबाट आएका म्यासेज तथा फोन विश्वास नगर्न तथा आर्थिक कारोबार समेत नगर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?