जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वकप लिग-२ : आज कीर्तिपुर मैदानमा नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नामिबिया दुई खेलमा जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ ।

अघिल्लो खेलमा नेदरल्याण्डसँग पराजित भएको नामिबिया आज बदला दिने तयारीसहित मैदानमा हुनेछ । अंक तालिकाको पुछारमा रहेको नेदरल्याण्डस् नामिबियाविरुद्धको जितलाई कायमै राख्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको नामिबिया दोस्रो खेलमा नेदरल्याण्ड्ससँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपाललाई नै चार विकेटले हराएको नामिबिया चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान एकएक जित निकालेका नेपाल र नेदरल्याण्ड्स भने दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।

नेदरल्याण्डसलाई ९ विकेटले हराएको नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ । तीन देशको अन्तिम खेल फागुन १३ गते आइतबार नेपाल र नेदरल्याण्ड्स बिच कीर्तिपुर मैदानमा हुनेछ ।

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज जारी छ। आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९–२०२३) मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो। लिग–२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्। अहिले नामिबिया र नेदरल्याण्ड्स नेपाल भ्रमणमा छन्।

आईसीसीका अनुसार लिग–२ मा शीर्ष चार स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका चार देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?