जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बाह्रौँ राष्ट्रिय लोक संस्कृतिक मेलाको आयोजना, ३५० भन्दा बढी विदेशी कलाकारले भाग लिने

काठमाडौंँ– पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार भन्ने नारासहित ‘१२ औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ ।

आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहिबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षको जानकारी दिएको हो ।

फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ्ग, पोखरा र ललितपुरमा आयोजना हुन आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।

‘ऐतिहासिक तथा विश्व सम्पदा सुचिमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सँस्कृतिक, पुरातत्विक र अन्य पर्यटकिय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’
मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न साँस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।

मेला २०५८ देखि प्रत्येका २ बर्षमा नियमित आयोजना हुँदै आएको छ । सुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करीब ८५ भन्दा बढी देशका ८५०० भन्दा बढी कलाकारहरुले घर आँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकी सहित बिविध लोकसाँस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी छ ।

नेपाली सँस्कृति उत्थान तथा साँस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा साँस्कृतिक पर्यटन प्रर्वद्धन गर्नु यस मेलाको प्रमुख उदेश्य रहेको आयोजकले बताएको छ ।

‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो सँस्कृति झल्कने भेष–भुषा लगाई साँस्कृतिक झाँकि गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’, आयोजक कोइरालाले भने, ‘काठमाडौँ आसपासका विद्यालयमा गई विदेशी कलाकारहरुले आफ्ना साँस्कृतिक प्रस्तुत गर्ने र विद्यालयका बिद्यार्थीहरुको समेत साँस्कृतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।’ यस किसिमको साँस्कृतिक आदान प्रदानले बिद्यार्थीहरुमा आफ्नो लोक सँस्कृति प्रति अभिरुची बढ्ने विश्वास कोइरालाको रहेको छ ।

फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मेलाको उद्घाटन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?