जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन १२ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी २४ तारिख। स्वस्थानी व्रत समाप्त पूर्णिमा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

२७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँग सुझाव लिएर काम गर्नु राम्रो हुनेछ।

मिथुन : समय राम्रो छ। परिवारसँगको भेटघाटले मनमा सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगले सताउने खतरा देखिन्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कट : दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। सम्पत्ति कमाउने योग छ। नजानिदो गरी धनमा आँखा लगाउने समूहले पछ्याउने देखिन्छ। निष्ठामा रहनु राम्रो हुन्छ। परिवारको सहयोग अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दैनिकी राम्रो छ। चन्द्रमाको पूर्ण दृष्टि भएकाले सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक काममा मन जानेछ। परिवारमा भने समस्या हुनसक्छ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्या : दिन राम्रो छ। खानपानमा आफ्नो ख्याल आफैले गर्नुपर्छ। कर्मयोगबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। अरुको कुरा काट्ने साथीहरु शान्त रहनेछन्। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुला : दिन राम्रो छ। आज खुला मनले हिम्मत गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। समाजसेवामा मन जानेछ। मिठो खानेकुरा खान पाइने योग छ।

वृश्चिक : समय सामान्य छ। फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनु : दिन राम्रो छ। मित्र दाहिना छन्। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा, स्वास्थ्यमा लाभ, पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकर : समय सामान्य छ। काममा बाधा र अड्चन हुनाले उदास हुनुपर्ने देखिन्छ। हनुमानको बन्धना र स्मरण गरेमा शनिदेवले साथ दिनेछन्। परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भ : दैनिकी राम्रो छ। परिवारको साथ रहने छ। बन्धु अनुकुल रहलान्। दक्षिणको यात्रा एक्लो नगर्नु राम्रो हुन्छ। कुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीन : दिन राम्रो छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। फजुल खर्च गर्ने बानीले विवाद हुनसक्छ। परिवारको सहमतिबाट खर्च गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?