जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टम क्रुजले गरे रसियन प्रेमिका एल्सिनासंग ‘ब्रेकअप’

काठमाडौँ –  हलिउड अभिनेता टम क्रुजले रसियन गर्लफ्रेन्ड एल्सिना खैरोवासँग ब्रेकअप गरेको खवर सार्वजनिक भएको छ । सञ्चारमाध्यमका अनुसार दुवैबीच धेरै गहिरो सम्बन्ध बन्न नपाउँदै दुवैले अलग्गिने निर्णय लिएका छन् ।

क्रूज केही समयदेखि आफू भन्दा २५ वर्ष कान्छी  सामाजिक अभियन्ता एल्सिना खैरोवासँग डेटका कारण चर्चामा थिए । उनी एल्सिनाकै अपार्टमेन्टमा बस्ने गरेको समाचार बाहिर आएका थियो भने दुवै जना अधिकांश समय सँगै देखिन्थे ।

यो महिनाको सुरुवातमा यो जोडी लण्डनमा सँगै देखिएका थिए । एल्सिनाले केही समयअघि मात्र आफ्ना सन्तानसँग टम क्रुजलाई भेटाएकी थिइन् । आफ्ना सन्तानलाई भेटाएको केही दिन बित्न नपाउँदै उनीहरू अलग्गिएका हुन् ।

टम तीन सन्तानका पिता हुन् । उनले तीन विवाह गरेका छन् । यसका बाबजुद पनि अहिले उनी ‘सिङ्गल’ छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?