जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मरेका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? वैज्ञानिकले गरे यस्तो परीक्षण

काठमाडौं- के मृत्यु भएका मानिसलाई पुनः जीवित पार्न सकिन्छ ? तपाईँको जवाफ आउँछ, पक्कै सकिँदैन । तर वैज्ञानिक भने मरेका मानिस बचाउने कोसिसमा लागेका छन् ।

मरेका मानिस बचाउने प्रयोगमा वैज्ञानिकहरू लागिरहेका छन् । उनीहरूले वर्षौँदेखि मृत मानिसलाई ट्याङ्कमा बन्द गरेर राखेका छन् । जहाँ शवलाई बचाउने प्रयोग भइरहेको छ ।

अमेरिका क्रायोनिक्स नामक उपायको प्रयोग गरेर मानव शरीरलाई ट्याङ्कमा माइनस १९६ डिग्रीमा फ्रीज गरी राखिएको छ । जब कसैको मृत्यु हुन्छ छिट्टै वैज्ञानिक तिनको शरीर संरक्षित गर्दै आएका छन् ।

अमेरिकाको एक एरिजोनामा बनेको ल्याबमा क्रायोनिक्स उपाय प्रयोग गरी मरेका मानिस पुनः जीवित बनाउन कैयौँ शवलाई स्टोर गरी राखिएको छ । भविष्यमा पुनः जीवित हुने चाहमा कैयौँ धनी मानिसले मृत्यु अगावै मोटो रकम दिएर यस प्रयोगमा सामिल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?