जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्रिकेट विश्वकप लिग २ :  आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौँ – जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृङ्खलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

आज दुवै टिम जित निकाल्दै जारी शृङ्खलाको अन्त्य गर्न चाहन्छन् । यस सिरिजमा नेपाल र नेदरल्याण्ड्सले समान तीन म्याच खेल्दा दुईमा हार र एक–एक खेलमा जित निकालेका छन् । 

नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो । नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो । यस्तै नेदरल्याण्ड्स र नामिबिया विरुद्धको खेलमा दुवै टिमले एक–एक खेल जितेका थिए ।

नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २– २ खेल जितेका छन् ।

आजको खेलमा नेपाली टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन्।

यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?