जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिस तामाङको उपाधि रियालाई

काठमाडौं– मिस तामाङ २०२४ को उपाधि रिया तामाङले हात पारेकी छिन् ।

मम्स इन्टरनेशनलको आयोजनामा गरिएको मिस तामाङ १६ औं संस्करणमा शनिबार रिया ‘मिस तामाङ २०२४’को विजेता बनेकी हुन् ।

शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता बनिन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिएकी थिइन् ।

त्यस्तै फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन । फस्ट रनरअफ स्मृतिले मल्टिमिडिया टाइटल समेत हात पारिन् ।

मिस तामाङ विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवं अभिनेता कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्र्मी गंगा घिसिङ लगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?