जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बिरालो बारे केही रोचक तथ्य जानिराखौँ

काठमाडौँ – सधैँ सुतिरहने,आक्रामक स्वभाव हुने तथा लोकप्रिय घरेलु जनावरमा पर्ने बिरालो बारे धेरै कुरा तपाई हामीलाई थाहा छ ।

हुनपनि यो जनावर मानिससँग ९ हजार वर्षभन्दा पहिलादेखि सँगै बसिरहेको छ ।

आउनुहोस् आज यसैका बारे केही रोचक तथ्य जानौँ । 

– बिरालोले गुलियो स्वाद चाल पाउँदैनन्।

– बिरालीलाई मोली वा महारानी पनि भन्ने गरिन्छ।

– प्रत्येक वर्ष चीनमा चालीस लाखभन्दा बढी बिरालाहरू खाइन्छ।

– बिरालाहरू आफ्नो जिन्दगीको सत्तरी प्रतिशतभन्दा बढी समय सुतेर बिताउँछन् ।

– एक अध्ययनका अनुसार बिरालाहरू आफ्नो मालिकको आवाज चिन्दछन्, तर त्यसलाई वास्ता गर्दैनन् । 

– अध्ययनहरूका अनुसार बिरालो पाल्दा हार्ट अट्याक तथा स्ट्रोकको सम्भावना एक तिहाइले कम हुन्छ

– बिरालोका कारण विभिन्न ३३ वटा प्रजातिहरू लोप भएका छन् त्यसमा स्तनधारी प्राणी र चराहरू पनि छन्। उनीहरूलाई उपल्लो १०० अरूलाई जोखिममा पार्ने प्रजातिका रूपमा राखिएको छ।

– बिरालाहरू आफ्नो पन्जाबाट पसीना निकाल्छन् । 

– बिरालाहरू आफ्नो नाकको सीधा तल देख्न सक्दैनन् तर मानिसहरूजस्तै सपना देख्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?