जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कृष्ण मल्ल र शर्मिलाको अभिनयमा ‘तिमी जस्तो साथी’

काठमाडौँ– नेपाली फिल्मी क्षेत्रमा सुन्दर जोडीको छवि बनाएका कृष्ण मल्ल र शर्मिला मल्ल म्युजिक भिडियोमा एक साथ देखिएका छन् ।

गायक दीप श्रेष्ठको स्वरमा रहेको ‘तिमी जस्तो साथी’बोलको गीतमा यी दुईको जोडीलाई देख्न सकिन्छ । हालै सार्वजनिक भएको गीतमा केशव भट्टराईको शब्द रचना र कीर्ति न्यौपानेको संगीत रहेको छ ।

कृष्णदेव रुपाखेतीको निर्देशन रहेको भिडियोको सम्पादन भने विनोद बमले गरेका हुन् । त्यस्तै भिडियोमा मुकेश हुमागाईंको छायांकन र प्रशान्त तामाङको कोरियोग्राफी छ ।

भिडियोमा मल्ल जोडीसँगै नारायण प्रधान, राकेश खड्का, राजु चौहान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रंगमञ्च र फिल्मी क्षेत्रमा अभिनयको सिलसिलामा नजिकिएका यी दुई ३९ वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए ।

दुवैले ‘वासुदेव’, ‘माया प्रीति’, ‘बादल’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् ।

हेर्नुहोस् भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?