जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्पेनिस ला लिगा : सेल्टा भिगोद्वारा रियल बेटिस पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज बिहान भएको खेलमा सेल्टा भिगोसंग रियल बेटिस पराजित भएको छ । सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले स्तब्ध पारेको हो ।

भिगोका लागो अस्पास र विलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए । यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए ।

खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, भिगोका लागोले १६औँ मिनेटमा गोल फर्काउँदै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा भिगोका विलियोटले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाएका हुन् ।

यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंक जोडेर तालिकाको १७औँ स्थानमा छ । पराजित भएको रियल बेटिस २८ अंकका साथ सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?