जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुर को न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अङ्गुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ४००, अम्बा १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५०, भारतीय सानो गोलभेँडा २०, अदुवा २२०, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १२० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो ४० र हरियो डल्लो फर्सी ५० रूपैयाँमा खरिदबिक्री हुँदैछ ।

त्यस्तै तोरीको साग २५, रायोको साग उता चमसूर, पालूगो, मेथी, सौफको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ७० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भन्टा ४०, भिण्डी १०० र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?