जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार लक्ष्मी बर्देवाको अनुभव : महिला निर्देशकलाई फरक नजरले हेरिन्छ

काठमाडाैँ– तामाङ भाषाको शब्द नाङ्सालको नेपाली अर्थ हो— बत्ती

बत्ती अर्थात् उज्यालो। पछिल्लो समय नेपाली सिनेमा र रंगमञ्चमा सक्रिय केही युवा कलाकारको उपस्थिति पनि आशा र उज्यालोको प्रतीक बनिरहेको छ।

तीमध्ये लक्ष्मी बर्देवा र बिजय बरालको उपस्थिति उज्यालो बत्तीभन्दा कम छैन।

कलाकारद्वयले बुढानीलकण्ठ सांस्कृतिक–साहित्यिक महोत्सव–२०८० को दोस्रो दिन नाङ्साल सेसनमा आफ्नो कला यात्राका उतारचढावलाई सम्झेका थिए। यो यात्राका विविध पाटा उजागर गर्न सहजकर्ताको भूमिकामा अर्का रंगकर्मी तथा कला निर्देशक केदार श्रेष्ठ सहजकर्ताको भूमिकामा थिए।

उनले दुवै वक्तालाई कलाकारिता र समाजको अन्तर र सामीप्य, कलाकारको जीवनयापन र कला परिवेशजस्ता विषयमा प्रश्नहरु सोधे। दुवै कलाकारले कला क्षेत्र उज्यालो भएरै युवा अकर्षण बढेकोमा सहमत देखिए। लक्ष्मीले भनिन्, ‘समाजमा भइरहेको परिवर्तनले कलामा प्रत्यक्ष प्रभाव पार्छ।

जतिजति समाज परिवर्तन हुँदै गयो, त्यसलाई देखाउने कलाकारिता पनि समयअनुसार परिमार्जन भइरहेको हुन्छ। समाजको समृद्धिलाई कला–साहित्यले नै टेवा दिने हो।’ विजयको धारणा पनि मिल्दोजुल्दो थियो। उनले भने, ‘समाजसँगै कलाकारिताको पनि विकास हुँदै जान्छ।

समाजमा भौतिक उन्नतिसँगै कलाकारिताको उपयोगीतालाई पनि कम आँकलन गर्न सकिन्न।’ कलाकारितामा लागेर जीवनयापन गर्नेबारे पनि दुवै कलाकारको मत उस्तै रह्यो।

अवसर र चुनौती बराबरी रहेको बताउँदै उनीहरुले कला क्षेत्रको उज्यालो ताप्न अध्ययन र पर्याप्त तयारीको खाँचो पर्नेमा जोड दिए।

विजयले भने, मूल्यांकन गर्दै, आफूलाई सहज बनाउँदै, यतिसम्म भयो भने म बाँच्न सक्छु भन्ने लाग्छ भने यो क्षेत्रमा आउँदा हुन्छ। मान्छेले चिनिदिनु हुन्छ, हाँसिदिनु हुन्छ। मलाई हरेर कोही हाँस्नु हुन्छ। म पनि खुसी हुन्छु। यसैका लागि कलाकारिता गरेको हो नि।

पछिल्लो समय म्युजिक भिडियोमा समेत सक्रिय लक्ष्मीले कलाकार र निर्देशक बन्दा फरक अनुभव सँगालेकी रहिछन्। उनले निर्देशक बनेपछि आफूलाई चलचित्र उद्योगभित्रैका व्यक्तिलाई स्वीकार्न गाह्रो भइरहेको बताइन्।

उनी भन्छिन्, ‘म कलाकार बन्दा अरुलाई फरक नपर्ने तर निर्देशकको भूमिकामा आउँदा मेरो बौद्धिकता माथि नै प्रश्न उठाइने रहेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?