जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

वाफ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र लेवनान  भिड्दै

काठमाडौँ – साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपमा नेपालले आज लेबनानसँग खेल्दैछ।

समूह बीचको विजेता टोली नेपाल र समूह ए को उपविजेता लेबनानबीच फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।

खेल  जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि शुरु हुने छ ।

आजै हुने अर्को खेलमा प्यालेस्टाइन र जोर्डन आमनेसामने हुनेछन्। आजका विजेता टोलीले बिहीबार उपाधिका लागि भिड्नेछन्। जसमध्ये 

जोर्डन समूह ए मा तिनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

यो खेल पनि जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुनेछ भने खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?