जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नौ वर्ष पछि जी सिने अवार्डमा प्रस्तुति दिँदै शाहरुख खान 

काठमाडौँ – बलिउड स्टार शाहरुख खानले नौ वर्षपछि जी सिने अवार्डमा प्रस्तुति दिदै छन् ।

मार्च १०, २०२४ मा हुने तय गरिएको अवार्ड समारोहमा शाहरुखसंगै आलिया भट्ट, बबी देओल, आयुष्मान खुराना, मौनी रोयले पनि प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

मुम्बईस्थित एनएसआइ डोममा हुने समारोहको होस्ट अपारशक्ति खुरानाले गर्नेछिन्। २६ फेब्रुअरीमा भएको जी सिने अवार्डको पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै बबी देओलले तीनै देओलले जी अवार्डमा सँगै आउने प्रयास गर्ने बताए ।

यो वर्ष देओलहरुका लागि बलिउड सिने क्षेत्रमा भाग्यशाली वर्ष बन्दा उनीहरूको यो उत्साह स्वाभाविक पनि हो । 

विश्वका विभिन्न देशमा आयोजना हुँदै आएको ८० करोड दर्शकले हेर्ने अनुमान गरिएको यो अवार्ड चर्चित भारतीय टिभी जिटिभीको आयोजना हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?