जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट


काठमाडौँ – ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शुक्रबारबाट सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन हुने भएको छ।

नेपाल भलिबल सङ्घको आयोजनामा पुस २० देखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपाल भलिबल सङ्घको संखुवासभामा भएको अधिवेशनले प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सुर्खेतमा राष्ट्रिय भलिबल आयोजना गरिएको कर्णाली प्रदेश भलिबल सङ्घका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । 
यो खेलबाट नेपालको लागि राष्ट्रिय टिम छनोट हुने जनाइएको छ ।

आयोजनाको लागि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापन रहेको छ।

त्यस्तै  खेलाडीको गाँस र बासको व्यवस्थापन प्रदेश भलिबल सङ्घले गर्ने बताइएको छ। खेलका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?