जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म समीक्षकमाथि विद्युत जामवालले लगाए घुस लिएकाे आरोप

काठमाडौँ – बलिउड अभिनेता विद्युत जामवालले चलचित्र समीक्षक सुमित कँडेलमाथि ठूलो आरोप लगाएका छन् । चर्चित चलचित्र समीक्षक कँडेलले फिल्मको मूल्याङ्कनका लागि पैसा लिएको आरोप जामवालको छ । 

एक्समा पोस्ट गर्दै अभिनेताले लेखेका छन, ‘घुस माग्नु अपराध हो, दिनु पनि अपराध हो, मेरो अपराध यो हो कि मैले दिइन ?सुमित कँडेल, त्यसैले जहिले पनि कसैको तारिफ गर्छौ, अपराधी थाहा छ ।’

विद्युतले पोस्टसँगै स्क्रिन सट पनि सेयर गरेका छन् जसमा सुमित कडेलले अभिनेतालाई एक्समा ब्लक गरेको देखिन्छ ।

यता कँडेलले पनि यसको प्रतिक्रिया दिएका छन् । उनले नाम नलिई एक्समा पोष्ट गर्दै विद्युतलाई सरल इशारामा निशाना बनाएका हुन । 

‘साथीहरू, मैले यो स्पष्ट गर्न चाहन्छु कि यो कुनै सुपरस्टार वा यस पुस्ताका स्टारहरूको लागि होइन । यो पोस्ट अरू कसैको लागि हो, जो स्टार होइन तर आफूलाई ब्रुस ली र ज्याकी च्यान ठान्छन ।’– उनले लेखेका छन् । 

फिल्म समीक्षकले थप लेखेका छन्– ‘मैले उद्योगका लगभग सबै मुख्य कलाकारलाई भेटेको छु र ती सबै धेरै राम्रा छन् । मैले भेटेको एक मात्र पागल उहाँ नै हुनुहुन्छ । उद्योगका मानिसहरूले बुझ्नेछन्, कृपया कमेन्ट बक्समा कसैलाई नराम्रो नसोच्न अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?