जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

२४ वर्ष पछि बलिउडमा पुनरागमन गर्दै रजनीकान्त

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार रजनीकान्त २४ वर्षपछि बलिउड फिल्ममा देखिने भएका छन् ।

रजनीकान्तले चर्चित बलिउड निर्माता–निर्देशक साजिद नाडियाडवालासँग सहकार्य गर्ने पक्का भएको हो । नाडियाडवालाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् ।

उनले आफ्नो एक्स अकाउन्टमा रजनीकान्तसँगको तस्बिर सेयर गर्दै लेखेका छन्,  ‘महान् रजनीकान्त सरसँग सहकार्य गर्न पाउनु साँचो सम्मान हो, हामी सँगै यो अविस्मरणीय यात्रामा लाग्ने तयारी गर्दैछौं ।’

रजनीकान्त पछिल्लो पटक  बलिउडमा फिल्म  ‘बुलन्दी’मा देखिएका थिए ।  सन् २००० मा  रिलिज भएको यो फिल्ममा रजनीकान्तसँगै अनिल कपूर, रविना टण्डन र रेखा मुख्य भूमिकामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?