जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सावित्राले वाफको फाइनल गुमाउने

काठमाडौँ – सावित्रा भण्डारी साम्बाले साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनल गुमाउने भएकी  छिन् । 

फ्रेन्च क्लब इभि गुइनगाम्पसँगको सम्झौताका कारण फाइनल उनी खेलमा उपलब्ध नहुने भएकी हुन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रालाई गुइनगाम्पले फिफा विन्डो अन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा विहिबार हुने फाइनल खेल फिफा विन्डो पछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने भएको जानकारी दिएको छ ।

फिफा विन्डो फेब्रुअरी १९ देखि २८ सम्म रहेको थियो । बिहीबार जोर्डनविरुद्ध हुने फाइनल खेलमा सावित्रा नखेल्ने भएकी हुन् । फाइनल खेल विहिबार राति ९ ४५ बजेदेखि शुरु हुँदै छ ।

सावित्राल जारी वाफ प्रतियोगितामा सर्वाधिक ९ गोल गरेर सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?