जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

दाङमा सल्लाको खोटोबाट आम्दानी बढ्दै

दाङ – दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो ।

आर्थिक बर्ष २०७९/८० मा जिल्लाका नौवटा समुदायिक वनबाट एक लाख सात हजार नौ सय सात केजी खोटो सङ्कलन भएर बिक्री हुँदा रु १२ लाख ९४ हजार सात सय चार आम्दानी भएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

आव २०७८/७९ मा सात हजार दुई सय ५६ केजी सल्लाको खोटो सङ्कलन गरिएको थियो । उक्त वर्ष खोटो बिक्रीबाट रु नौ लाख ३९ हजार २७ मात्रै आम्दानी भएको थियो । अघिल्लो आवको तुलनामा पछिल्लो समय सल्लाको खोटो सङ्कलन गर्ने कार्य बढेको उनको भनाइ थियो ।

आव २०७९/८० मा बागेश्वरी सामुदायिक वनबाट दुई हजार दुई सय १० केजी खोटो निकासी हुँदा रु २६ हजार पाँच सय २०, सरस्वती सामुदायिक वन समूहबाट २५ हजार ८० केजी खाटो बिक्री हुँदा रु तीन लाख नौ सय ६० आम्दानी गरेका गरेका थिए ।

त्यसैगरी, गैरीकुण्ड दर्शाकोट सामुदायिक वन समूहबाट २० हजार छ सय ५८ केजी खोटो बिक्री हुँदा रु दुई लाख ४७ हजार आठ सय ९६, जौलीपोखरी सामुदायिक वन समूहबाट सात हजार तीन सय दुई केजी खोटो बिक्री हुँदा रु ८७ हजार छ सय २४, घोरले संगरगैरा सामुदायिक वन समूहबाट तीन हजार ४३ केजी खोटो बिक्री हुँदा रु ३६ हजार पाँच सय १६, जनचेतना सामुदायिक वन समूहबाट आठ हजार चार सय ५० केजी खोटो बिक्री हुँदा रु एक लाख एक हजार चार सय, शिव सामुदायिक वन समूहबाट एक हजार आठ सय ३२ केजी खोटो बिक्री हुँदा रु २१ हजार आठ सय ८४, भूमेवराह सामुदायिक वन समूहबाट सात हजार आठ सय ७५ केजी खोटो बिक्री गर्दा रु ९४ हजार पाँच सय र ओखलढुङ्गा सामुदायिक वन समूहबाट ३१ हजार चार सय ५४ केजी खोटो बिक्री गर्दा रु तीन लाख ७७ हजार चार सय ८४ आम्दानी भएको प्रमुख श्रेष्ठले जानकारी दिए । सल्लाको खोटो बिक्री गरेर आम्दानी भएको ७५ प्रतिशत रकम सम्बन्धित वन समूहको कोष र २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको उनको भनाइ थियो ।

जिल्लामा बङ्गलाचुली गाउँपालिकाबाट खोटो सङ्कलन हुने गरेको छ । सामुदायिक वन समूहले जङ्गलमा रहेका सल्लाका रूखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक लाखौँ रुपैया आम्दानी गरेर सामाजिक कार्यमा लगाउने गरेका छन् ।

वन समूहले सल्लाहको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै खानेपानीका लागि धारा, बाटो र विद्यालय निर्माणमा तथा सामुदायिक वन सुधार कार्यमा लगाउने गरेको ओखलढुङ्गा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहामगरले बताए।

उक्त वन समुहले जिल्लामा सबैभन्दा धेरै खोटो बिक्री गर्दै आएको छ । जिल्लामा समुदायिक वनबाट सङ्कलन भएको खोटो गङ्गा रोजिन एन्ड गम टर्पिनटाइन कम्पनीले प्रतिकेजी रु १२ का दरले खरिद गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?