जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कति कमायो यामी गौतमको ‘आर्टिकल ३७०’ ले ?

काठमाडौँ – बलिउड फिल्म ‘आर्टिकल ३७०’ ले छ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरेको छ ।

सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौँ दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२.५५ करोड पुगेको छ ।

फिल्मले रिलिज भएको चार दिनमै बजेटको रकम उठाइसकेको थियो । फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो यो फिल्मको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रशंसा गरेका थिए भने आम दर्शको साथ पनि राम्रै छ ।

यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संविधानको धारा ३७० हटाएको प्रसङगलाइ देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?