जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिश्रले शेयर गरेको पूर्वराजाको एक तस्वीरले तात्यो सामाजिक सञ्जाल

जोयनेपाल
0
Shares
रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबूकमा शेयर गरेको तस्वीरमा पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरू ।

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक गरेको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्रसँग राप्रपाका शीर्ष नेताहरुले खिचेको सामुहिक तस्वीर मिश्रले सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए ।

‘हामी सबैले धेरै देख्यौँ, बुझ्यौँ, मेरो काम एकताको सूत्रमा बाँध्ने हो, मेरा लागि सबै नेपाली बराबर छन् ।,’ पूर्वराजाको भनाइ उद्धृत गर्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

उक्त पोस्ट पनि सामाजिक सञ्जालमा कतिपयले राजाको पक्षमा लेखेका छन् भने कतिपयले यसको विरोध गरेका छन् ।

कतिपयले अबको समय गणतन्त्रका लागि अन्तिम समय भएको समेत दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?