जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

डोपिङको आरोपमा फुटबलर पोग्बालाई  चार वर्षको प्रतिबन्ध 

काठमाडौँ – डोपिङको आरोपमा विश्व फुटबलर पाउल पोग्बा चार वर्षको प्रतिबन्धमा परेका छन् । 

फ्रान्स र युभेन्टसका मिडफिल्डर पोग्बालाई गत वर्ष सेप्टेम्बरमा इटालीको राष्ट्रिय एन्टी डोपिङ निकाय नाडो इटालियाले ट्रिब्युनलमा अस्थायी रूपमा निलम्बन गरेको थियो। 

युभेन्टसले २०अगस्टमा उडिनेसमा लिग ३–० ले जित हासिल गरे पछि उनको डोपिङ नमुना परीक्षण गरिएको थियो । जसमा उनले  ‘टेस्टोस्टेरोन’ नामक एक प्रतिबन्धित पदार्थ प्रयोग गरेको खुलेको थियो । 

डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि पोग्बाले आफू ‘दुःखी, स्तब्ध र हृदयविदारक’ भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार यो प्रतिबन्धले उनको करियरको अन्त्यको संकेत गर्न सक्छ।

प्रतिबन्ध समाप्त हुँदा लगभग ३५ वर्ष पुग्ने पोग्बाले सो निर्णय गलत भएको र त्यसको विस्तृत जानकारी प्राप्त भएको जनाउँदै  कारबाही रोक्नका लागि अदालतमा अपील गर्ने जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?