जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भुटानमाथि भारतको ७-० को फराकिलो जित

काठमाडौँ – भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।आज भएको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २-२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् । अब शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?