जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टी-२० सिरिजमा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्ने

काठमाडौँ– जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुदैँछ । त्रिभुवन विश्वविद्यालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । 

जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अङ्क हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्ड्ससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्ड्सले २ खेलमा एक जित हासिल गरेको छ ।

नेपालका लागि फाइनलमा पुग्न यो खेलमा जित हासिल गर्न आवश्यक रहेको छ । नेपालको अन्तिम खेल भएकाले यस खेलमा हार बेहोरेमा नेपाल फाइनल अघि नै सिरिजबाट बाहिरिने छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

नेपाली टिममा रोहित पौडेल , आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी २० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?