जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चर्चित पपगायक श्रेष्ठको ‘तिमीजस्तै’ सार्वजनिक

काठमाडौँ – चर्चित पपगायक संजयकिशोर श्रेष्ठले संगीतमा पुनरागमन गरेका छन् । उनको पछिल्लो गीत ‘तिमीजस्तै’ शुक्रबार सार्वजनिक भएको हो ।

जमलस्थित विश्वज्योति हलमा पत्रकार सम्मेलन गर्दै उनले आफू लामो समयपछि गायनमा फर्किएको बताए । उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् ।

भिडियोमा गायक श्रेष्ठ देखिएका छन् । लामो समय विदेश बसेर फर्किएका संजयको भेट जेम्ससँग भएपछि पुनः सहकार्य जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?