जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कोहलपुरमा घोंगी खाने प्रतियोगिता हुने

नेपालगञ्ज– आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोंगी खाने प्रतियोगिता हुने भएको छ।

नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोंगीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो।

घरबास ९होमस्टे० संघका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोंगी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए।

उनले प्रतियोगितामा चार मिनेटमा एक किलो घोंगी खानुपर्ने प्रावधान राखिएको बताए। दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोंगी खपत हुने बताइएको छ।

‘हामीले घोंगी कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न टिम बनाएका छौं, ‘ उनले भने।

महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताए।

होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उनले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गरे।

आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ।

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु आठ लाख ५० हजार खर्च हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?