जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- आज २०८० साल फागुन २१ गते सोमबार तदनुसार सन् २०२४ मार्च ०४ तारिख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

 नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसा कायम गरिएको छ । सोमबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ २३ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३४ र बिक्रीदर ८६ रूपैयाँ ७३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?