जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कुहिना ठोक्किँदा किन करेन्ट लाग्छ ?

काठमाडौँ- कैयौँ पटक कुहिना ठोक्किँदा तपाईँले पनि करेन्ट जस्तो झट्का महसुस गर्नु भएको होला । तर के तपाईँले यसो किन हुन्छ ? सोच्नु भएको छ । कुहिना ठोक्किँदा लाग्ने करेन्ट हड्डीमा पैदा हुन्छ ।

चिकित्सकका अनुसार यस हड्डीलाई फनी बोन्स भनिन्छ । जब यो हड्डी कुनै चीजमा ठोकिन्छ तब हामीलाई करेण्ट लाग्छ । कुहिनाको यो भाग अल्नर नामक नशामा जोडिएको हुन्छ ।

यही नशामा करेन्ट लाग्दा मानिसले आफूलाई झट्का लागेको अनुभूति हुने गर्दछ । शरीरको हड्डि तथा नसामा सुरक्षा दिन फ्याटको एक तरल जम्मा भएको हुन्छ । त्यसपछि छाला हुन्छ ।

छाला र फ्याटबाट ढाकिएको भएकै हुनाले कुनै ठोस चीजमा कुहिना ठोक्किँदा अल्नर नर्भमा तेज झट्का लाग्छ । र हामी करेन्ट लागेको महसुस गर्दछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?