जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

महाशिवरात्रिमा शिवलिङ्गमा यी चिज चढाउँदा समस्याबाट मुक्ति मिल्छ !

काठमाडौँ – भगवान शिवलाई बेलपत्र धेरै प्रिय छ। महाशिवरात्रिको दिन भगवान शिवलाई बेलपत्र अवश्य चढाइन्छ। बेल भगवान शिवलाई धेरै मनपर्ने फल हो।

महाशिवरात्रिको दिन शिवलिङ्गमा बेर चढाउँदा धेरै समस्या समाधान हुन्छ । यो बर्ष महाशिवरात्रि यहि शुक्रबार मनाइँदैछ । यस दिन बेल तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ।

वैवाहिक जीवनमा समस्या आइरहनुभएको छ भने महाशिवरात्रिको दिन श्रीमान्–श्रीमतीले मिलेर शिवलिंगमा आलु चढाउनुपर्छ, यसो गर्नाले दाम्पत्य जीवनमा प्रेम र मधुरता बढ्छ ।

यदि तपाई आर्थिक समस्याबाट ग्रसित हुनुहुन्छ भने महाशिवरात्रिको दिन शिवलिंगमा बेल चढाउँदा तपाईको आर्थिक समस्या समाधान हुन्छ । बेलको रुखमा लक्ष्मीको वास हुन्छ ।

यदि तपाई स्वास्थ्यमा उतारचढावको सामना गर्दै हुनुहुन्छ वा लामो समयदेखि बिरामी हुनुहुन्छ भने महाशिवरात्रिको दिन अवश्य शिवलिंगमा बेल चढाउनुहोस्, यसो गर्दा धेरै रोगहरू निको हुन्छ।

शिव पुराणमा पनि बेलको उल्लेख गरिएको छ । बेलले तपाईको जीवनमा सुधार ल्याउन सक्छ। बेलको रूखलाई पनि शिवलिंगको रूप मानिन्छ। तसर्थ तपाईले पनि महाशिवरात्रिको दिन शिवलिंगमा बेलपत्र चढाउन नछुटाउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?