जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यी ५ सपनाले प्रगतिको संकेत गर्छ, के तपाईंले पनि देख्नुभएको छ ?

काठमाडौँ – सपना विज्ञानमा यो विश्वास छ कि व्यक्तिको हरेक सपनाले उसलाई आगामी भविष्यको बारेमा केही संकेत दिन्छ। केही सपना यस्ता देखिन्छन् शास्त्र अनुसार ति सपनाका आफ्नै संकेत छन् ।

सपना विज्ञानमा व्यक्तिको सपनालाई धेरै विशेष मानिन्छ। हरेक सपना भविष्यका घटनाहरूसँग सम्बन्धित मानिन्छ। कतिपय संकेतले भविष्यमा हुने लाभको संकेत गर्छ भने कतिपयले अशुभ घटनालाई पनि संकेत गर्छ । सपना विज्ञानमा केही सपनालाई धेरै राम्रो मानिन्छ।

शास्त्र अनुसार केही सपनाका संकेत शुभ हुन्छन् भने केही सपनाका अशुभ हुन सक्छन् । यस्तो अवस्थामा आज हामी तपाईलाई पाँचवटा सपनाको बारेमा बताउन गइरहेका छौँ, जसलाई देखेर मानिसले आफ्नो करियरमा प्रगति गर्न सक्छ ।

माटो खनेको
सपनामा माटो खनेको देखेमा यस्तो सपना सपना विज्ञानमा धेरै शुभ मानिन्छ । यो सपनाको अर्थ हो कि तपाईंले आफ्नो करियरमा ठूलो सफलता प्राप्त गर्नुहुनेछ। यसका साथसाथै जागिर वा व्यापारमा लाभ हुने सम्भावना छ ।

बल खेल खेलिरहेको…
सपनामा आफूलाई बल खेलिरहेको देख्नुभयो भने यो सपना पनि शुभ मानिन्छ । यसको मतलब करियर क्षेत्रमा उत्पन्न हुने समस्या छिट्टै समाधान हुने देखिन्छ। धन आर्जन पनि हुन सक्छ ।

ड्रम बजाएको…
कुनै व्यक्तिले सपनामा आफूलाई ड्रम बजाएको देख्दा करियरको दृष्टिकोणले पनि राम्रो मानिन्छ । यो सपनाले तपाईंलाई जीवनमा चाँडै शुभ समाचार प्राप्त हुने संकेत गर्छ।

हात फोहोर भएको…
यदि कुनै व्यक्तिले सुतिरहेको बेला सपनामा आफ्नै हात फोहोर भएको देखेमा यसलाई पनि सपना विज्ञानमा शुभ सपनाको रुपमा हेरिएको छ । यसको मतलब तपाईले गरिरहनुभएको काममा सफलता पाउन सक्नुहुन्छ।

उच्च स्थानमा चढेको
यदि कुनै व्यक्तिले सपनामा आफूलाई उच्च स्थानमा चढेको देख्यो भने, ऊ खुसी हुनुपर्छ। किनभने यो सपनाले जीवनमा आउने प्रगतिलाई पनि संकेत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?