जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८० साल फागुन २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८० साल फागुन २४ गते बिहीबार तदनुसार सन् २०२४ मार्च ७ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ।

नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन रमाइलो बन्नेछ। नसोचेको ठाउँको भ्रमण हुने योग छ। लगानी गर्ने समय आएको छ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा भने खटपट हुनसक्छ।

वृष : दैनिकी राम्रो छ। बोलीमा नम्रता आवश्यक छ। शिक्षा क्षेत्रको लगानीबाट उपलब्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।

मिथुन : समय राम्रो छ। आफ्नो काम आफैले गर्नु राम्रो हुन्छ। आर्थिक क्षेत्र सबल बन्नेछ। श्रम गरेको क्षेत्रबाट राम्रो नतिजा प्राप्त हुनेछ। समाजले प्रशंसा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कर्कट : दिन राम्रो छ। लामो समयदेखि प्रयास गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति भए पनि सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारका सदस्यले शंका गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ। थोरै बोलेर धेरै काम गर्नु पर्ने दिन छ।

सिंह : दैनिकी राम्रो छ। साथीले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा लाभ हुनेछ। शिक्षा क्षेत्रमा मेहनतको फल प्राप्त नहुँदा निराश बन्नुपर्ने समय छ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। आफन्त र परिवारको साथ मिल्नेछ।

कन्या : आजको दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। परोपकार गर्नु राम्रो हुन्छ। परिवारको शान्तिले मन खुशी हुनेछ।

तुला : दैनिकी राम्रो छ। धार्मिक र सामाजिक क्षेत्रबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। पुरानो रोगको प्रकोप बढ्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।

वृश्चिक : समय सामान्य छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने दिन छ। कुरा काट्ने धेरै भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ। गणेश भगवानको सम्झना मात्र गरेमा धेरै काम बन्नेछन्। पुरानो लगानी उठ्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। सकारात्मक सोचको विकास हुनेछ। साथीले प्रशंसा गर्नेछन्। सामाजिक र आर्थिक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक क्षेत्रमा भइरहेको कारोबार फैलिने दिन छ।

मकर : समय राम्रो छ। चन्द्रमा सकारात्मक छन्। धेरै साथीले प्रशंसा गर्ने छन्। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कुरो बुझाबुझ नहुँदा खटपटी हुनसक्छ। कम बोल्नु फाइदा हुन्छ।

कुम्भ : दिन सामान्य छ। ठुलो लगानीमा हात नहाल्नु राम्रो हुन्छ। चुपचाप आक्रमण गर्ने साथी धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

मीन : दिन राम्रो छ। शुभचिन्तकको सल्लाह बमोजिम काम गर्नु राम्रो हुन्छ। मेलमिलाप नै आजको लागि फाइदाजनक हुनेछ। खर्च बढ्ने भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?