जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सुनको मूल्यमा नयाँ रेकर्ड कायम,कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनमा प्रतितोला १५ सय मूल्यवृद्धि भएर नयाँ रेकर्ड कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार  १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । 

मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?