जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यस्ता छन् नियमित यौन सम्पर्कका फाइदाहरू

नियमित यौन सम्बन्धले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरू छन् । यौन सम्पर्कले दम्पतीमा सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता हुन्छन् फाइदा :

मुटु स्वस्थ हुन्छ

मुटुको धड्कन बढाउनलाई दौडिनै पर्छ भन्ने छैन। युरोपियन हार्ट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले यौन सम्पर्क राख्दा पनि भर्‍याङ  उक्लिँदा जत्तिकै मुटुको धड्कन बढ्ने पत्ता लगाएको छ।

तनाव कम हुन्छ

हस्तमैथुन लगायत यौन सम्पर्कले तनावबाट मुक्ति दिन्छ। सन् २००६ मा बायोलोजिकल साइकोलोजीमा प्रकाशित लेख अनुसार “पेनिट्रेटिभ” वा “नन पेनिट्रेटिभ सेक्स” वा हस्तमैथुन गर्नेहरू तनावको व्यवस्थापन राम्ररी गर्न सक्छन्।

 स्वास्थ्य वृद्धि हुन्छ

सन् २००७ मा ५७ देखि ८५ वर्षका तीन हजार अमेरिकी सहभागी अध्ययनमा सक्रिय यौन जीवन भएका व्यक्ति जीवनको उत्तरार्द्धमा बढी स्वस्थ हुने देखिएको छ। बढी स्वस्थ भएकाले उनीहरूको यौन जीवन पनि बढी स्वस्थ भएका हुन सक्छन् तर अन्य अध्ययनहरूले यौन गतिविधि र स्वास्थ्यबिच सम्बन्ध भएको देखाएका छन्।

प्राकृतिक औषधि

सन् १९५० को दशकमा विवादित अमेरिकी मनोवैज्ञानिक ह्यारी हार्लोले बाँदरलाई एउटा पिँजडामा थुनेर तारले बनेको दूध दिने “आमा” वा नरम कपडाले बनाइएको दूध नदिने “आमा”सँग राखे। थुनिएका बाँदरले नरम कपडाले बनेको “आमा” बढी मन पराए। दूध दिन नसके पनि उनीहरू “आमा”सँग अँगालो हालेर बस्न सक्थे।

बाँदरजस्तै मानिसलाई स्पर्शको बढी आवश्यकता हुन्। हामीले एक अर्कालाई छुँदा मस्तिष्कले अक्सिटोसिन भन्ने हर्मोन उत्पादन गर्दछ। यसलाई “लभ ड्रग” पनि भनिन्छ। यौन सम्पर्क राख्दा उत्पादन हुने अक्सिटोसिनले शान्त र मायालु अनुभव गराउनुका साथै निदाउन पनि सहयोग गर्दछ।

स्मार्ट बनाउँछ

कोभेन्ट्री विश्वविद्यालयले गरेको अनुसन्धानमा यौन जीवन सक्रिय भएका ५० देखि ८९ वर्षका व्यक्तिले निष्क्रियभन्दा संज्ञानात्मक परीक्षणमा राम्रो प्रदर्शन गरेका थिए। विशेष गरी पुरुषलाई बढी फाइदा पुग्ने देखिएको छ। सङ्ख्या अनुक्रम र स्मरण शक्तिसम्बन्धी परीक्षणमा उनीहरूले राम्रो प्रदर्शन गरेका थिए।

रोगबाट सुरक्षा दिन सक्छ

सेक्सले इम्युनोग्लोबुलिन ए नामक एन्टिबडी उत्पादन गर्छ भन्ने प्रमाण सीमित छ। सन् २००४ मा साइकोलोजी रिपोर्टमा प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा सातामा एक वा दुई पटक यौन सम्पर्क राख्ने व्यक्तिमा इम्युनोग्लोबुलिन ’ए’को मात्रा ३० प्रतिशत बढी भएको पत्ता लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?