जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माइक्रोसफ्टले गर्‍यो कि बोर्डमा परिवर्तन,अब हुनेछ एआई ‘कि’ पनि

के हो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो प्रयोगलाई मध्यनजर गर्दै टेक कम्पनी माइक्रोसफ्टले आफ्नो किबोर्डमा एआई बटन राख्ने भएको छ ।

यो कि बोर्ड माइक्रोसफ्ट अपरेटिङ सिस्टम विन्डोज चल्ने सबै पर्सनल कम्प्युटरमा दिइने बताइएको छ । माइक्रोसफ्टले कम्प्युटर निर्माता कम्पनीलाई समेत यो बटन आफ्नो किबोर्डमा राख्न आग्रह गरेको हाे । 

माइक्रोसफ्टले करिब तीन दशकबाट विन्डोजमा आधारित कि बोर्डमा कुनै परिवर्तन गरेको थिएन । तर अब एआई च्याटवोट कि अहिले किबोर्डको दाया भागमा रहेको कन्ट्रोल बटमको ठाउँमा दिइने बताइएको छ ।

परीक्षण चरणकै रूपमा अघि बढाउन लागिएको यो परिवर्तनलाई किबोर्डमा भएको ठुलो परिवर्तनका रूपमा चर्चा गरिएको छ। यो कदमबाट माइक्रोसफ्ट ओपन एआई भन्दा अघि बढ्न चाहेको रूपमा चर्चा गरिदा यो प्रयासलाई धेरैले प्रशंसा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?